Nepal Life

कृषि विकास बैंकद्धारा पहिलो पटक वाफ च्याम्पियनसिपको उपविजेता नेलाली महिला फुटवल टिमलाई पुरस्कार वितरण

NMB Bank
  • BFIS News
  • 2024 Mar 07 18:26
कृषि विकास बैंकद्धारा पहिलो पटक वाफ च्याम्पियनसिपको उपविजेता नेलाली महिला फुटवल टिमलाई पुरस्कार वितरण
United Ajod

काठमाडौं । कृषि विकास बैंकले पहिलो पटक वाफ च्याम्पियनसिपको उपविजेता महिला फुटलल टिमका खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

Shikhar
Nepal Life
NIMB

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अखिल नेपाल फुटवल संघ ‘एनफा’ मार्फत नेपाली महिला फुटवल टिमका खेलाडी, प्रशिक्षक तथा अन्य सदश्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एनफालाई एकमुष्ठ रुपमा ६ लाख ७० हजार रुपैयाँको चेक हस्तारन्तरण गरेका छन् ।

बैंकले सम्पुर्ण खेलाडी महिलाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ भने प्रमुख प्रशिक्षकलाई १५ हजार र प्रशिक्षकहरुलाई १० हजार रुपैयाँ दिएको छ । त्यस्तै खेलाडीहरुलाई सहयोग गर्ने अन्य व्यक्तिहरुलाई १० हजार सहित कुल ६ लाख ७० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरेको हो ।

गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पाँच-तीन गोलले पराजित भएको हो। जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको छ। नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो।

गत बिहीबार फागुन १७ गते साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पाँच-तीन गोलले पराजित भएको थियो । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको थियो । उक्त खेलालाई लिएर नेपाल तथा विश्वबाटै महिला फुटवल खेलाडीहरुको प्रसंशा हुँदै आएको छ ।

यहि अवसरमा खेलाबाट भर्खरै फर्किएका नेपालली महिला फुटवल खेलाडीहरुलाई कृषि विकास बैंकले पहिलो पटक सम्मान गर्ने अवसर प्राप्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले खेलाडीहरुको खुलेर प्रशंशा गरेका छन् । उनले खेलाडीहरुको टिम वर्कलाई सम्मान गर्दै आगामी दिनको उत्तरोत्तर प्रगतीको कामना गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया