Nepal Life

डेभलपमेण्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई वधाई ज्ञापन

NMB Bank
  • BFIS News
  • 2024 Mar 15 21:25
डेभलपमेण्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई वधाई ज्ञापन
United Ajod

काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैकर्स एसोसिएसन नेपालले नव नियुक्त माननिय अर्थमन्त्री वर्षमान पुनलाई आज भेट गरि वधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । 

Shikhar
Nepal Life
NIMB

डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री पुनलाई भेट गरेका छन् । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पुर्याएको योगदानको वारेमा जानकारी गराए । 

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै कुनै पनि खराव मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्नको लागि सुझाव दिएका थिए ।  

उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका वारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह वोहराले वताए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया