Nepal Life

१८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

NMB Bank
  • BFIS News
  • 2024 Mar 18 10:37
१८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

मंगलबार चैत ६ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ।

त्यस्तै, १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज १ गते परिपक्व हुनेछ। साथै, १ वर्षको लागि ९ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ चैत ४ गते परिपक्व हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया