Nepal Life

कठिनाइमा परेका लघुवित्त ऋणीहरुलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप

NMB Bank
  • BFIS News
  • 2024 Mar 19 09:36
कठिनाइमा परेका लघुवित्त ऋणीहरुलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप
United Ajod

काठमाडौं । लघुवित्तबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीले अब एक वर्षमा ऋण तिरे पनि हुने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

उसले सूचनामा भनेको छ, 'लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीको आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि कर्जाको भुक्तानी अवधि बढीमा १ वर्ष थप हुनेगरी २०८१ वैशाख मसान्तभित्र पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरिएको छ।'

यसका लागि २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका कर्जाका लागि भुक्तानी गर्न बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत भुक्तानी गरी २०८० चैत मसान्तसम्म निवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ।

यो व्यवस्थाको कार्यान्वयनमा कुनै द्विविधा भएमा वा सम्बन्धित संस्थाको कामकारवाहीउपर कुनै गुनासो भए नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने पनि सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया