Nepal Life

लाभांशको प्रस्तावसहित समता घरेलु लघुवित्तले बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Mar 20 13:41
लाभांशको प्रस्तावसहित समता घरेलु लघुवित्तले बोलायो साधारणसभा
United Ajod

काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको १० औं वार्षिक साधारणसभा मिति तय गरेको छ। कम्पनीले लगानीकर्तालाई ५.७०७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्नेछ।

Shikhar
Nepal Life
NIMB

चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत्र २९ गते काभ्रेपलाञ्चोकको बनेपास्थित नमोबुद्ध बैङ्क्वेट एण्ड इभेन्टमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.४२२२ प्रतिशतले हुन आउने २ करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश बाँड्न लागेको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र १९ एक दिन बुक क्लोज गर्ने जनाएको छ। अर्थात चैत्र १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया