Nepal Life

ग्लोबल मनी विक : सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशनद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Mar 21 20:11
ग्लोबल मनी विक : सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशनद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । ग्लोबल मनी विकको सन्दर्भमा सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशन कार्यालयले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 

Shikhar
Nepal Life
NIMB

बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्य लिएर सन् २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) सम्म “Protect Your Money, Secure Your Future” भन्ने नाराका साथ Global Money Week-2024 १२औं श्रृङ्खला मनाउन लागेको हो । 

सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशन कार्यालयको संयोजकत्वमा मिति २०८० चैत ६ गते यस क्षेत्रमा रहेको १२ वोटा शाखाका करिव ८० जनाको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सञ्चालन सम्पन्न भएको छ । उक्त प्रभातफेरी कार्यक्रम शाखा कार्यालय परासि देखि –बुद्धचोक– पुलचोक ,बाईपास सडक जिल्ला प्रसासन कार्यालय हुँदै पुनः कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया