Nepal Life

सुर्योदय वोमी लघुवित्तद्वारा प्रहरी कार्यालयलाई डस्टविन र बेल्ट प्रदान

NMB Bank
  • BFIS News
  • 2024 Mar 22 08:35
सुर्योदय वोमी लघुवित्तद्वारा प्रहरी कार्यालयलाई डस्टविन र बेल्ट प्रदान
United Ajod

रुपन्देही । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ईलाका प्रहरी कार्यालय धकधईलाई डस्टबिन र उज्यालो प्रतिबिम बेल्ट हस्तान्तरण गरेको छ। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाँच थान डस्टविन र २१ थान बेल्ट हस्तान्तरण गरेको हो।

Shikhar
Nepal Life
NIMB

संस्थाका जोखिम व्यवस्थापन विभागअन्तर्गत कार्यरत अधिकृत चित्रराज सुवेदी, अनुगमन अधिकृत जमिल खत्री र आन्तरिक लेखापरीक्षक विभागका अधिकृत बिमल कोइरालाले प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेलाई उक्त डस्टविन र बेल्ट हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक घिमिरेले लघुवित्त को सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको डस्टविन र उज्यालो प्रतिबिम्ब  हस्तान्तरणले सरसफाइ तथा प्रहरी सुरक्षाको लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रहरी सहायक निरीक्षक कृष्ण रानाभाटले प्रहरी मेरो साथी र समाज र प्रहरीबीच भुमिकाको बारेमा जानकारी गराएका थिए।

संस्थाका जोखिम व्यवस्थापन अधिकृत चित्रराज सुवेदी, अनुगमन अधिकृत जमिल खत्री र आन्तरिक लेखापरीक्षक अधिकृत बिमल कोइरालाले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे।

हाल लघुवित्त वित्तीय संस्थाले ललितपुर कर्पोरेट कार्यालय रही देशभरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १ लाख ८५ हजार सदस्यलाई वित्तीय सेवा दिइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया