Nepal Life

तरलता देखिएपछि बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

NMB Bank
  • BFIS News
  • 2024 Mar 22 09:36
तरलता देखिएपछि बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपनि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो। चैत ६ गतेसम्म बैंकहरुको अन्तर बैंक ब्याजदर २.४० प्रतिशत रहेको छ।  

केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ। यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ।  

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो १२ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।  

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी चैत ३० गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया