Nepal Life

कृषि विकास बैंकद्धारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थीसंग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Mar 26 11:43
कृषि विकास बैंकद्धारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थीसंग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । कृषि विकास बैंकले मार्च १८ देखि २४ सम्मलाई ग्लोवल मनि विकको अवसरमा सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

Shikhar
Nepal Life
NIMB

कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको उपस्थितमा बैंकले गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको पुर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ ।

बैंकले वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिङ्ग सेवा, बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानी जस्ता विषय सम्वन्धमा जानकारी गराइएको थियो ।

साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे जानकारी गराइएको थियो । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया