Nepal Life

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Mar 27 08:05
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । चैत २५ गते हुने साधारण सभाका लागि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि अर्थात बिहीबार बुक क्लोज गर्दैछ। लाभांश वितरणको प्रस्तावसहित कम्पनीले २२ औं साधारण सभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

तसर्थ आजसम्म कायम शेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।  

सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित हुनेछ। गत आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। बोनस सेयरपछि कायम हुने जारी तथा चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२ पुर्‍याउने प्रस्ताव पारित हुनेछ।

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ।  

संस्थाले अन्य उपयुक्त 'घ' वर्गका लघुवित्तलाई गाभ्ने/प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया