Nepal Life

लाभांशको प्रस्तावसहित नेशनल लघुवित्तको साधारण सभा आज बस्दै

NMB Bank
  • BFIS News
  • 2024 Mar 29 07:58
लाभांशको प्रस्तावसहित नेशनल लघुवित्तको साधारण सभा आज बस्दै
United Ajod

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज बस्दैछ। फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा आज धुलिखेलको धुलिखेल लज रिसोर्टमा बिहान साढे १० बजे बस्नेगरी बोलाएको थियो।

Shikhar
Nepal Life
NIMB

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

यस्तै संस्थापक र सर्वसाधारण समूहको शेयर पूँजीको अनुपात क्रमशः ७० र ३० प्रतिशत कायम गर्ने र बोनस सेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण समूहको शेयरपूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२९ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) मार्फत शेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ।

आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ भने कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गरेको थियो। फागुन २९ गतेसम्म कायम शेयरधनीहरु मात्रै संस्थाको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया