Nepal Life

अभियान लघुवित्तको भुरीगाँउ अनुगमन कार्यालयद्धारा समिक्षा गोष्ठी, भाका नाघेका ऋणलाई सुधार्ने प्रतिवद्धता

NMB Bank
  • BFIS News
  • 2024 Apr 01 21:15
अभियान लघुवित्तको भुरीगाँउ अनुगमन कार्यालयद्धारा समिक्षा गोष्ठी, भाका नाघेका ऋणलाई सुधार्ने प्रतिवद्धता
United Ajod

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था भुरीगाँउ अनुगमन कार्यालय बर्दियाले मासिक लक्ष्य प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

Shikhar
Nepal Life
NIMB

गोष्ठीमा संस्थाको भुरीगाँउ अनुगमन कार्यालय अन्तरगतका १३ वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता थियो । त्यस्तै केन्द्रीय कार्यालय कर्जा विभाग प्रमुख चन्दन सरदार र भुरीगाँउ अनुगमन अधिकृत दिपक बहादुर बोहराको बिशेष उपस्थितीमा बर्दिया जिल्ला ठाकुरबाबा नपा भुरीगाँउ बजारमा रहेको होटल शुभ श्री गेस्ट हाउसमा भाका नाघेको कर्जा ब्यवस्थापन तथा शाखाको मासिक लक्ष्य प्रगति सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।

केन्द्रीय कर्जा विभाग प्रमुख चन्दन सरदारको बिशेष उपस्थितिमा सम्पुर्ण शाखाका शाखा प्रमुखहरुलाई भाका नाघेको ऋणीहरुलाई भेटि योजना बनाई कर्जा नियमित गर्न, कर्जाको उठाउन र बाँकी ब्याज अशुल उपर गरि शाखालाई नाफामा सञ्चालन गर्न परिचालित हुन निर्देशन दिएका छन् । 

छलफल कार्यक्रममा शाखाको भाका नाघेको कर्जा ब्यवस्थापन र शाखाको कार्य सञ्चालन, कर्जा लगानी तथा कर्जा अशुलीको समस्याहरुको बारेमा कर्जा विभाग प्रमुख चन्दन कुमार सरदारले शाखा प्रमुखहरु सँग अन्तरक्रिया गरि समाधानको उपाय बारेमा जानकारी प्रदान गरेका थिए ।

यसै गरि अनुगमन अधिकृत दिपक बहादुर बोहराबाट शाखाको हालको नाफाको अवस्था र २०८० चैत मसान्तसम्म शाखा कार्यलयले नाफा आर्जन गर्न गर्नु पर्ने कार्य र योजना सम्बन्धमा जानकारी प्रदान गरेका थिए । साथै उपस्थित १३ जना शाखा प्रमुखहरुले कर्याक्रममा सक्रिय रुपमा छलफलमा सहभागि जनाउनुका साथै उनिहरुले शाखाको भाका नाघेको सदस्यहरु लाई भेटी भाका नाघेको कर्जाको २०८० चैत मसान्तसम्मको कार्य योजना तयार पारि योजना अनुसार भाका नाघेको कर्जा ब्यवस्थापन गरि नाफमा शाखा सञ्चालन गर्ने गरि परिचालित हुने र कर्मचारी परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया