Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित हुने

NMB Bank
  • BFIS News
  • 2024 May 17 08:03
आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित हुने
United Ajod

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ। इन्स्योरेन्सको सञ्चालक समिति बैठकले जेठ २८ गते आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने जनाएको छ। तसर्थ जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया