Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुने

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 09:05
युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुने
United Ajod

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज आयोजना हुँदैछ। आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजे सभा आयोजना हुन लागेको हो।  

Shikhar
Nepal Life
NIMB

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

यस्तै हकप्रद सेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया