Nepal Life

प्रभु महालक्ष्मी लाइफको ४ लाख २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 20 06:35
प्रभु महालक्ष्मी लाइफको ४ लाख २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने
United Ajod

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको ४ लाख २० हजार कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीले खरिद गर्न चनाहे पछि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले ५ संस्थापक शेयरधनीहरुले शेयर बिक्रीका लागि निवेदन दिए सँगै विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिनको म्याद सहित दरखास्त आह्वान गरेको थियो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि बिक्री खुला गरेको शेयरको मूल्यका विषयमा केहि पनि विवरण भने खुला गरेको छ । सार्वजनिक सूचना जारी गर्दै हाल कायम संस्थाप शेयरधनी सनराइज होल्डिङको ९० हजार ७०० कित्ता, यदवेन्द्र गौतम ५४ हजार ९०० कित्ता, प्रजित राज पराजुली ३७ हजार ५००, विराट कुमार श्रेष्ठ एक लाख ४१ हजार ३२५ र विनिता उपाध्यायको एक लाख कित्ता शेयर बिक्रीका लागि खुला गरेको हो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिन भित्र कम्पनीमा सम्पर्क गर्न सक्ने छन् ।

यसका अतिरिक्त सनराइज होल्डिङले आफ्नो नाममा रहेको थप एक लाख ३८ हजार ७०० कित्ता संस्थापक शेयर पुनः संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेका छन् । उनले यस भन्दा अगाडी ९० हजार ७०० कित्ता शेयर संस्थापकका लागि बिक्री खुला गर्दा बिक्री नभए पछि आफ्नो नाममा रहेको अरु एक लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर नियम अनुसार बिक्री गर्ने प्रकृयाँ अगाडी बढाउन कम्पनीलाई निवेदन दिएका छन् । यस शेयरका लागि पनि विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिनको म्याद दिइएको कम्पनीले जनाएको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया