Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको' र डेल्क्रेडा नेपाल बिच नेपालमा उधारो बिक्रि बीमा प्रवर्धन गर्ने समझदारी

NMB Bank
  • BFIS News
  • 2024 Jun 23 21:55
सगरमाथा लुम्बिनी 'सलिको' र डेल्क्रेडा नेपाल बिच नेपालमा उधारो बिक्रि बीमा प्रवर्धन गर्ने समझदारी
United Ajod

कठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 'सलिको'ले नेपालमा उधारो बिक्री बीमाको विकास तथा प्रवर्द्धन गर्नका लागि डेल्क्रेडा नेपाल सँग समन्वय गर्ने भएको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले आज एक विशेष समारोहका विचमा उधारो बिक्रि व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्रि बिमा सम्बन्धि विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा सँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । नेपाली बजार अनुरुप उधारो बिक्रि बिमाको सुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको हो । जसबाट ब्यबसायी लगायत सरकारलाई पर्याप्त लाभहरू हुने कम्पनीले दाबी गरेको छ । 

समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रुपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्रि बिमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ । यस सहकार्यले तालिमका कार्यक्रमहरू आयोजना गरेर उधारो बिक्रि बिमाको फाइदाहरूका बारेमा व्यवसायहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य राखेको छ। साथै डेल्क्रेडा नेपालले सलिको लाई उपयुक्त उधारो बिक्रि बिमा नीति विकास गर्न, प्राबिधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तररुपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्नेछ। उधारो बिक्रि बिमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू हुने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार स पोलिसीले व्यवसायलाई हुने फाइदाहरू यस प्रकारका छन्ः

जोखिम न्यूनीकरणः उधारो बिक्रि बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तान नगर्ने जोखिमबाट जोगाउँदछ र तिनीहरूका नगद प्रवाहमा बाधा नपर्ने सुनिश्चित गर्दछ ।

क्रेडिट व्यवस्थापनः उधारो बिक्रि बीमाबाट, व्यवसायहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट सर्तहरू बढाउन, व्यापार सम्बन्ध सुदृढ गर्न र आफ्नो बजार पहुँच विस्तार गर्न सहयोग पुर्याउदछ ।

वित्तिय पहुँचः उधारो बिक्रि बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवशायी हरुलाई अनुकुल शर्तमा सहजै ऋण प्रदान गर्ने देखिन्छ।

स्थायित्व र वृद्धिः आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी आत्मविश्वासका साथ दीर्घकालीन वृद्धि र स्थिरताको लागि योजना बनाउन सक्दछन्।

सरकारलाई फाइदाहरू यस प्रकारका छन्ः

आर्थिक स्थायित्वः सरकारले उधारो बिक्रि बीमाको प्रयोगलाई बढावा दिएर, भुक्तानी नगरिएको बिजकहरूका कारण व्यवसाय विफलताको जोखिमलाई कम गर्दछ र अर्थतन्त्रको समग्र स्थिरतालाई बढाउँदछ।

कर राजस्वमा बृद्धीः उधारो बिक्रि बीमाको थप सुरक्षाको साथ व्यवसायहरू बढ्दै र फस्टाउन थालेपछि, उच्च
व्यापार गतिविधि र कर राजस्वमा समेत वृद्धि हुनेछ ।

सुदृढ वित्तीय क्षेत्र र लगानी आकर्षणः उधारो बिक्रि बीमा बजारको विकासले नेपालको वित्तीय क्षेत्रको समग्र बल र लचिलोपनमा योगदान पुर्याउनेछ, थप लगानी आकर्षित गर्न र आर्थिक विकासलाई बढावा दिनेछ।

सलिको र डेल्क्रेडा नेपाल बीचको यो ऐतिहासिक समझदारी नेपालमा उधारो बिक्रि बीमाको विकासमा अगाडि बढेको एउटा ठूलो खुड्किलो  हो। आफ्नो विशेषज्ञता र स्रोतहरू संयोजन गरेर, दुवै कम्पनीहरू सुरक्षित र गतिशील व्यापार वातावरण सिर्जना गर्न तयार छन्, जसले देशभर आर्थिक वृद्धि र स्थिरतालाई प्रोत्शाहन गर्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया