Nepal Life

यूनाइटेड अजोडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल सँग गर्यो सम्झौता

NMB Bank
  • BFIS News
  • 2024 Jun 25 19:56
यूनाइटेड अजोडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल सँग गर्यो सम्झौता
United Ajod

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल सँग सम्झौता गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले गएको जेठ ३१ गते सम्पन्न गरेको विशेष साधारण सभाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव पारित गरेको थियो । साधारणसभाले दिएको स्वीकृति सँगै हकप्रद शेयर निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको लागि लक्ष्मी सन्राइज क्यापिटलसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गरेका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया