Nepal Life

एलआइसीको साधारण सभा आज, छैन लाभांश वितरणको एजेण्डा

NMB Bank
  • BFIS News
  • 2024 Jun 27 08:17
एलआइसीको साधारण सभा आज, छैन लाभांश वितरणको एजेण्डा
United Ajod

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड (एलआइसी) को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा बोलाएको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरिसकेको छ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले गत जेठ ३२ गते बुक क्लोज गरेको थियो। तसर्थ जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्रै कम्पनीको सभामा सहभागी हुन पाउनेछन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया