Nepal Life

प्रभु महालक्ष्मी लाईफद्वारा घर मै पुगेर दाबी भुक्तानी

NMB Bank
  • BFIS News
  • 2024 Jun 29 09:56
प्रभु महालक्ष्मी लाईफद्वारा घर मै पुगेर दाबी भुक्तानी
United Ajod

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखामा बीमा गराएका देवचुली-२ दुम्कौली,नवलपरासीका जोन महतोको आमा सुजता महतोलाई ११ लाख ३८ हजार दावी भुक्तानी गरेको हो ।

Shikhar
Nepal Life
NIMB

जोनले १० लाखको सावधिक बीमालेख लिएका थिए । बचत तथा आर्थिक सुरक्षाका लागि बीमा गराएका जोनको बीमा गरेको तेस्रो बर्षमा आकस्मिक मृत्यु भएको थियो ।

बीमीतको निधन पछि हकवाला निजको आमा सुजता महतोलाई बीमा वापतको रकम रु ११ लाख ३८ हजार रकम कम्पनीका कावासोती शाखा प्रमुख मेघनाथ अधिकारी(माधव) एवं सोही पोलिसिका अभिकर्ता दुर्गा सापकोटाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

दावी भुक्तानी कार्यक्रममा कावासोती शाखा प्रमुख सहित कर्मचारीहरु,एजेन्सी म्यानेजरहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।दावी भुक्तानी दिदै शाखा प्रमुख अधिकारीले भवितव्य पर्दा बीमा कम्पनीले कसरी छिटोछरितो रुपमा दावी भुक्तानी दिन्छ र बीमाका महत्वको बारेमा प्रकाश परेका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया