Nepal Life

बीमा दाबी भुक्तानी मागदर्शन जारी, २ लाखसम्मको दाबी तत्काल दिनु पर्ने

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 16:48
बीमा दाबी भुक्तानी मागदर्शन जारी, २ लाखसम्मको दाबी तत्काल दिनु पर्ने
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०८१ जारी गरेको छ। प्राधिकरणले बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर बीमा दाबी भुक्तानी मागदर्शन जारी गरेको हो । 

Shikhar
Nepal Life
NIMB

जसमा बीमा कम्पनीहरुले बीमा दाबी विभाग गठन गनुपर्ने व्यवस्था गरिएको छ। जसका लागि बीमा कम्पनीहरुले विभागमा विभागीय प्रमुख सहित आवश्यक सङख्यामा कर्मचारी नियुक्त गनुपर्ने हुन्छ ।

बीमा कम्पनीले दाबी भुक्तानीसम्बन्धी काम अथवा कारबाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संचालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्नुपर्ने व्यवस्था मागर्दशनमा गरिएको छ।

बीमा कम्पनीहरुले दाबी भुक्तानीसम्बन्धी अधिकार आवश्यकताअनुसार प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयहरुलाई प्रत्यायोजन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यो व्यवस्थामा बीमा कम्पनीहरुलाई दाबीको प्रकृयामा केही हेरफेर समेत गरेको छ। त्यस्तै, निर्जिवन बीमा दाबीका लागि जाँचबुजको व्यवस्था समेत गरिएको छ। निर्देशिका अनुसार अव कम्पनीहरुले २ लाखसम्मको दाबी भुक्तानीलाई साना दाबी फर्छ्यौटको रुपमा न्युनतम कागजपत्र पुरा गरेको १५ दिन भित्रमा भुक्तानी गरिसक्ने पर्नेछ । 

त्यस्तै बीमकले परिपक्व भएको बीमालेखको दाबी भुक्तानी निवेदन दर्ता भएको ७ दिनभित्र गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

बीमा दाबीका लागि बीमितले आवश्यक कागजात पेश गरेको खण्डमा बीमकले आवश्यक जाँचबुझ गरी निवेदन दर्ता भएको सात दिनभित्र दाबी भुक्तानी दिनुपर्ने व्यवस्था रहेको छ।

बीमकले दाबी रकम भुक्तानी गर्नुअघि बीमित वा दाबीकर्ताबाट आवश्यकताअनुसार पूर्ण तथा अन्तिम दायित्व भुक्तानी गरेको भर्पाइ पुर्जा लिएर दाबीबापत अग्रिम भुक्तानी गर्दासमेत सोही व्यहोरा खुलाई दाबी फर्छ्यौट पुर्जा जारी गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

बीमा दाबी भुक्तानी मार्गदर्शन २०८१

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया