Nepal Life

महिला लघुवित्तको झण्डै दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jul 01 08:00
महिला लघुवित्तको झण्डै दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने
United Ajod

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले साउन ८ गते दिउँसो ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ निर्धारण गरिएको छ। संस्थापक सेयर खरिदका लागि न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।  

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आइपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया