Nepal Life

बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा छायो हरियाली, कारोबार रकम भने घट्यो

NMB Bank
  • BFIS News
  • 2024 Jul 01 15:33
बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा छायो हरियाली, कारोबार रकम भने घट्यो
United Ajod

काठमाडौं । आज नेप्से परिसूचक १६.२९ अंकले बढेको छ। नेप्से ०.८० प्रतिशतले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

Shikhar
Nepal Life
NIMB

आइतबार ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रूपैयाँको सेयर कारोबार भएको छ।

यस दिन ३२३ वटा धितोपत्रको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच भएको छ।

सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २९९ रूपैयाँ ६० पैसा कायम भएको छ। दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य ८.४७ प्रतिशतले बढेर प्रति  कित्ता मूल्य ४७४ रूपैयाँ कायम भएको छ।  

नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८७३ रूपैयाँ कायम भएको छ। यस्तै, मौलुङ खोला जलविद्युत कम्पनीको मूल्य ८.४४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६३९ रूपैयाँ १० पैसामा झरेको छ।

सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ८७३ रूपैयाँमा १९ करोड १३ लाखको सेयर कारोबार भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५६ रूपैयाँ ३० पैसामा ११ करोड ८५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको हो। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया