Nepal Life

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरि पनि पोखरेल निर्वाचित, आगामी आवमा आइपिओ निकाल्ने

NMB Bank
  • BFIS News
  • 2024 Jul 07 09:46
ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरि पनि पोखरेल निर्वाचित, आगामी आवमा आइपिओ निकाल्ने
United Ajod

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्यहरु निर्वाचित भएका छन् ।

Shikhar
Nepal Life
NIMB

बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार बर्षका लागि निर्वाचित गरेको हो ।

अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक तथा वहालवाला अध्यक्ष हुन् भने आरम्भ चौतारी माईक्रो फाईनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक हुन् ।

माइक्रो इस्स्योरेन्सको साधारण सभाले आगामी आर्थिक बर्षमा सर्वसाधारणका लागि आइपीयो जारी गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीका उप कार्यकारी प्रमुख अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिए ।

बुटवलमा प्रधान कार्यालय र काठमाडौमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्धेश्यले घुम्ती बीमा सेवा सुरु गर्ने निर्णय पनि गरेको छ।

घुम्ति बीमा सेवाका लागि कम्पनीका नेपाल विमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पुर्ण वहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले संयुक्त रुपमा मोवाईल भ्यानको समेत उद्घाटन गर्नु भएको थियो ।

मोवाईल भ्यान मार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सिइयो ढुंगानाले बताए । 

गत चैत्र ९ गतेदेखि औपचारिक रुपमा बुटवलबाट सेवा सूरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

सेवा शुभारम्भ गरेको छोटो समयमै राम्रो कारोवार गर्न सफल यस माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामुहिक तथा व्यक्तिगत दुर्घटना विमा, ५० लाख रुपैया सम्मको घर, सम्पत्ति र सावारी साधन विमा सेवा दिने गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया