Nepal Life

प्रभु इन्स्योरेन्सले ५०.१५ % हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

NMB Bank
  • BFIS News
  • 2024 Jul 09 18:21
प्रभु इन्स्योरेन्सले ५०.१५ % हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
United Ajod

काठमाडौं । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । अघिल्लो साता हकप्रद जारी गर्न बिक्री प्रबन्धक चयन गरेको कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउँदै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले असार १९ गते १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई तोकेको बमोजिमको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कम्पनीले हकप्रदको बाटो लिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ५०.१५ प्रतिशत हकप्रद निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया