Nepal Life

नयाँ सरकारको गठन अगाडी हौसिएका लगानीकर्ता सर्वोच्चमा रिट दायर भए सँगै नाफा बुक गर्न थाले

NMB Bank
  • BFIS News
  • 2024 Jul 15 13:11
नयाँ सरकारको गठन अगाडी हौसिएका लगानीकर्ता सर्वोच्चमा रिट दायर भए सँगै नाफा बुक गर्न थाले
United Ajod

काठमाडौं । नयाँ सरकारको गठन अगाडी हौसिएका लगानीकर्ता प्रधानमन्त्री केपि शर्मा ओलीको सथप ग्रहण पश्चात सर्वोच्चमा परेको रिटका कारण नाफा बुक गर्न थालेका छन् । 

Shikhar
Nepal Life
NIMB

अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा सँगै लगातार बढिरहेको शेयर बजारको यात्रामा आज केहि ब्रेक लागेको छ । यस क्रममा विगतका दिनमा अत्याधिक मात्रामा बढेका कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स, गणपति लघुवित्त, सामलिङ पावर लगायतका कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । पछिल्लो समय शेयर बजार सर्वाधिक तल्लो विन्दुमा झरेर झण्डै साढे ४ सय भन्दा माथिको सुधार भइसकेको छ । यस अवधिमा आर्जन भएको मुनाफालाई बुक गर्न लगानीकर्ताहरु सक्रिय भएका हुन् । 

आज प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गरेका हुन् । रिटमाथिको सुनुवाइ साउन ६ गते हुने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन् ।

‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो,’ रिटमा भनिएको छ, ‘संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नु .पर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन ।’

संविधानतः राष्ट्रपतिले  ७६ (३) बमोजिम संसदको ठूलो दलबाट सरकार गठन प्रक्रियामा जानुपर्ने माग गर्दै रिटमा लेखिएको छ, ‘संविधानले स्पष्ट बोलेको यही हो । दुई पार्टी मिल्दैमा संविधानविपरीत जान मिल्दैन ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया