Nepal Life

नेपाल लाईफ तुलसीपुर शाखाद्वारा करोडपति अभिकर्तालाई सम्मान

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 12:00
नेपाल लाईफ तुलसीपुर शाखाद्वारा करोडपति अभिकर्तालाई सम्मान
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर शाखा कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड भन्दा धेरै बीमा शुल्क आर्जन गरि करोपति क्लबमा पुग्न सफल अभिकर्तालाई सम्मान गरेको छ । 

Shikhar
Nepal Life
NIMB

गत आर्थिक बर्ष २०८०/८१ मा उत्कृष्ट ब्यवसाय गरीआफुलाइ करोडपति क्लवमा पुर्याउन सफल र रत्न पदक बिजेता अभिकर्तालाई शाखाले बधाई तथा शुभकामना कार्यक्रम गरि सम्मान गरेको हो।

कम्पनीको शाखा प्रमुख बसन्त प्रसाद पोख्रेल तथा तुलसीपुर उप महानगरपालिका वडा नम्बर सातका अध्यक्ष राम बहादुर जि सी ले संयुक्तरूपमा बिजेताहरुलाइ टीका तथा खादाले सम्मान गर्नुका साथै रानी केक काटेर खुसी मनाइएको थियोे ।

कम्पनीको तुलसीपुर शाखाबाट गणेश  कुमार आचार्य र खुमा ओलि सहित दुई जनाले आफू र आफ्नो टिमबाट गत बर्ष भरिमा एककरोड भन्दा बढी प्रथम बीमा शुल्क प्रदान गरि करोड पति अभिकर्ता बन्न सफल भयका हुन् ।

कम्पनीका अभिकर्ता  बी सी तथा एजेन्सी म्यानेजरहरुको सहभागितामा सप्पन्न उक्त कार्यक्रममा शाखाबाट राष्ट्रिय सम्मान "नेपाल लाईफ रत्न पदक" बिजेता राम बहादुर ओलिलाई समेत बिशेष सम्मान गरिएको थियो।

कार्यक्रममा रत्न पदक बिजेता ओलि तथा  करोड पति अभिकर्ताहरूले आ-आफ्नो धारणा राख्दै बीमा सेवा र धर्म संगै पुन्य कर्म भएको र यसको समाजमा अपरिहार्यता रहेको बताएका थिए भने जन प्रतिनिधि राम बहादुर जि सीले जुनसुकै काम पनि इमानदारी र सेवाभाबबाट गरे सफल भइने र बीमा क्षेत्रमा यसको झन महत्त्व हुने बताउदै नेपाल लाईफले हालसम्म गरेको गुणस्तरीय सेवा र सुबिधाको प्रसंशा गर्नुका साथै लसीपुर शाखाको थप प्रगतिको कामना गरेका थिए।

तुलसीपुर शाखाका कर्मचारी किशोर अर्यालले सहजीकरण गरेको उक्त कार्यक्रममा शाखाप्रमुख पोख्रेलले बीमा अभिकर्ता र उनिहरुलाई कम्पनीले प्रदान गर्ने सेवा सुबिधा तथा तिनका सर्तहरूका बारेमा प्रष्ट पारेका थिए। शाखाले आजको यो अनौपचारिक कार्यक्रम भएको र अब छिट्टै  सफल सम्पुर्ण अभिकर्ताहरुलाई एक विशेष कार्यक्रम बिच सम्मान गरिने बताएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया