Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 08:07
सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । एनआइसी एसिया बैंकले लिलामीमा राखेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। बैंकले गत आसार २८ गतेदेखि कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो।

Shikhar
Nepal Life
NIMB

इच्छुक लगानीकर्ताले आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्।  

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।

बोलपत्र आवेदन काठमाडौंको बबरमहलस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया