Nepal Life

साताको कारोबारको पहिलो दिनमै ६१.६१ अंकले बढ्यो नेप्से, चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 21 15:45
साताको कारोबारको पहिलो दिनमै ६१.६१ अंकले बढ्यो नेप्से, चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा
United Ajod


काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ६१.६१ अंकले बढेको छ। नेप्से २.५४ प्रतिशतले बढेर २४८५.९४ विन्दुमा पुगेको छ।

Shikhar
Nepal Life
NIMB

आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१५ वटा धितोपत्रको चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच भएको हो। आइतबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ भने हिमालयन बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९.९८ प्रतिशत बढेको हो।

सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ८७४ रूपैयाँ ८० पैसा कायम भएको छ।

यस्तै, १०.२५% नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ को मूल्य ६.८४ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार २१ रूपैयाँ कायम भएको छ।।

आइतबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ५१२ रूपैयाँमा ३४ करोड १० लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२९ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३८ रूपैयाँमा ३० करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ६.६० प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक ४.२१ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया