Nepal Life

शेयर धितोकर्जाको सिमा खारेज, मार्जिन ट्रेडिङलाई थप व्यवस्थित बनाउने

NMB Bank
  • BFIS News
  • 2024 Jul 26 12:53
शेयर धितोकर्जाको सिमा खारेज, मार्जिन ट्रेडिङलाई थप व्यवस्थित बनाउने
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा लगाउदै आएको सिमालाई खारेज गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितोकर्जामा लगाएको २० करोडको सिमा खारेज गरेका हुन् । तर व्यक्तिगत लगानीकर्ताको लागि लगाउदै आएको १५ करोडको सिमामा भने केहि पनि नखुलाइएको हुँदा व्यक्तिगत लगानीकर्ताका लागि पनि सिमा यथावत रहेको जस्तै देखिएको छ । 

Shikhar
Nepal Life
NIMB

मौद्रिक नीतिमा भनिएको छ 'धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ ।'

गभर्नर महाप्रसाद अधिकारीले नै तीन वर्ष अगाडी शेयर धितो कर्जामा ४/१२ करोडको सिमा लगाएका थिए । गएको वर्ष यस्तो सिमामा केहि फराकिलो बनाएका उनले संस्थागत लगानीकर्ताका लागि भने खारेज गरेका हुन् । शेयर बजारलाई लिएर लोकप्रियता हासिल गरेका अर्थमन्त्री विष्णु प्रसाद पौडेलको निर्देशनमा अधिकारीले सिमा खारेज गरेका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया