Nepal Life

मौद्रिक नीतिको स्वागत गर्दै सहकारी महासंघले भन्यो - समग्र अर्थतन्त्रलाई चलायमान बनाउने खालको छ

NMB Bank
  • BFIS News
  • 2024 Jul 28 13:01
मौद्रिक नीतिको स्वागत गर्दै सहकारी महासंघले भन्यो - समग्र अर्थतन्त्रलाई चलायमान बनाउने खालको छ
United Ajod

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्य रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु  आर्थिक वर्ष  २०८१/०८२ को मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने महासंघले जनाएको छ ।

Shikhar
Nepal Life
NIMB

‘पहिलो पटक मौद्रिक नीतिमार्फत सहकारी क्षेत्रका चुनौती सम्बोधन हुनुले सहकारी अभियानको मनोबल उच्च बनाएको छ, बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापनामा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने उद्घोषले सहकारीप्रति विश्वासको वातावरण पुनर्स्थापित हुने अवस्था सिर्जना भएको छ’, महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका सदस्यको बचत रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिमा समावेश हुँदा यसले समस्याग्रस्त सहकारीका बचतकर्ता सदस्यहरूको बचत फिर्ता सहज रूपमा हुने वातावरण सिर्जना भएको महासंघले जनाएको छ ।

चालु मौद्रिक नीतिले सहकारी क्षेत्रको आत्मबल बढाउन, समस्या समाधान गर्न र आर्थिक स्थायित्वमा योगदान पुर्‍याउन महत्वपूर्ण विषय समेटेको महासंघको बुझाइ छ । यस नीतिले चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने भन्दै महासंघले मौद्रिक नीतिका नीतिगत व्यवस्था पूर्ण कार्यान्वयन गर्न समेत आग्रह गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया