Nepal Life

निफ्राको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Jul 30 08:34
निफ्राको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। निफ्राले साउन ८ गतेदेखि एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो।

Shikhar
Nepal Life
NIMB

प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ निर्धारण गरिएको सो सेयर विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संघसस्थाले खरिद गर्न पाउनेछन्। सेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुकले बिक्री प्रबन्धक एनआइसी क्यापिटल काठमाडौं वा एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया