Nepal Life

सेयर बजारमा ऐतिहासिक कारोबार, नेप्सेले पार गर्‍यो २७ सयको बिन्दु

NMB Bank
  • BFIS News
  • 2024 Jul 31 15:42
सेयर बजारमा ऐतिहासिक कारोबार, नेप्सेले पार गर्‍यो २७ सयको बिन्दु
United Ajod

काठमाडौं । सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। कारोबार रकमले नयाँ रेकर्ड कायम राखेको हो। सेयर बजारमा आज २१ अर्ब ९१ करोड १५ लाख रूपैयाँको सेयर किनबेच भएको छ। यो हालसम्मकै उच्च हो।

Shikhar
Nepal Life
NIMB

यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता पहिलो पटक एकैदिन यत्रो रकमको सेयर किनबेच भएको हो।

नेप्से परिसूचकले २७ सयको बिन्दु पनि पार गरेको छ। आज नेप्से ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा आइपुगेको छ। यो २९ महिनाकै उच्च विन्दु हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो।

आज ३३२ वटा धितोपत्रको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ।

आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने समग्रमा २१ कम्पनीको सेयर ९ प्रतिशत बढीले बढेको छ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७४५ रूपैयाँ ९० पैसामा ८४ करोड ४९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२८ प्रतिशत बढेको हो।

सिभिल बैंक डिबेन्चर २०८८ को मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ। उक्त डिबेन्चरको एक हजार ७० रूपैयाँ कायम भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया