Nepal Life

आइपिओ निष्कासन गर्दै कस्मिक इलेक्ट्रिकल, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Aug 06 08:50
आइपिओ निष्कासन गर्दै कस्मिक इलेक्ट्रिकल, बोलायो विशेष साधारण सभा
United Ajod

काठमाडौं । कस्मिक इलेक्ट्रिकल लिमिटेड (कस्मिक) ले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको प्रमुख एजेण्डा पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ५ गतेका लागि विशेष साधारण सभा सानेपामा रहेको कम्पनीको कार्यालयामा बिहान ११ बजे बोलाएको हो।  

सभामा आइपिओ निष्कासन गर्ने र आइपिओ निष्कासनबाट प्राप्त हुने कुल रकमको प्रयोगको सम्बन्धमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ। कम्पनीको हाल कायम रहेको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया