Nepal Life

चार कम्पनीको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक, सर्वसाधारणले खरिद गर्न पाउने

NMB Bank
  • BFIS News
  • 2024 Aug 06 08:55
चार कम्पनीको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक, सर्वसाधारणले खरिद गर्न पाउने
United Ajod

काठमाडौं । एनआइसी एसिया बैंकले विभिन्न चार कम्पनीको सेयर बिक्रीमा राखेको छ। बैंकले कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको सेयर आज साउन २२ गतेदेखि बिक्रीमा राखेको हो।

बैंकका अनुसार निफ्राको ९ लाख ६५ हजार कित्ता, नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयरको मूल्य निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ, नागरिक लगानीको प्रतिकित्ता ८३३ रुपैयाँ, सूर्योदय वोमीको प्रतिकित्ता ३९९ रुपैयाँ र सूर्यज्योतिको प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन २९ गतेभित्र आवेदन दिनुपर्नेछ। लगानीकर्ताहरूले न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले समेत खरिदका लागि आवेदन दिन पाउनेछन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया