Nepal Life

सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघ बिच सम्झौता

NMB Bank
  • BFIS News
  • 2024 Aug 07 12:02
सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघ बिच सम्झौता
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स 'सलिको' र नेपाल पर्यटन यातायात व्यवसायी संघ विच सवारी साधनको बीमा गर्ने गराउने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  

Shikhar
Nepal Life
NIMB

नेपालको निर्जीवन वीमा क्षेत्रमा दशकैंदेखि चीरपरिचित नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघ बीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसंग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.मा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया