Nepal Life

मंगलबारको उच्च गिरावटबाट सम्हालिँदै आज नेप्से परिसूचक १०८.३५ अंकले बढ्यो, कारोबार रकम भने खस्कियो

NMB Bank
  • BFIS News
  • 2024 Aug 07 16:02
मंगलबारको उच्च गिरावटबाट सम्हालिँदै आज नेप्से परिसूचक  १०८.३५ अंकले बढ्यो, कारोबार रकम भने खस्कियो
United Ajod

काठमाडौं । बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेको छ। मंगलबार १४५.०५ अंकले बजार घटेको थियो। बुधबार भने नेप्से ४.०८ प्रतिशतले बढेर २७५९.६७ विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनमा घटेको छ। मंगलबार हालसम्मकै उच्च २३ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको थियो।  बुधबार १७ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५ अर्ब ७६ करोड रूपैयाँ कमी आएको हो।

आज ३३० वटा धितोपत्रको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच भएको हो। आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन वटाको घटेको छ।

आज ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मौलुङ खोला जलविद्युत, दोल्ती पावर, सिटी होटल र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो। यस्तै, सेन्ट्रल फाइनान्स ९.९९ प्रतिशत र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ।

१०.२५% एनआइसी एसिया डिबेन्चर २०८३/८४ को मूल्य ३.८२ प्रतिशतले घटेको छ। उक्त बैंकको प्रति डिबेन्चर मूल्य एक हजार ३५ रूपैयाँ कायम भएको छ। यस्तै, लक्ष्मी भ्यालु फण्ड २ को मूल्य २.१५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ५५ पैसा कायम भएको छ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९३३ रूपैयाँ ९० पैसामा १ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९०० रूपैयाँमा ६५ करोड ५५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिशतले बढेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक ७.६३ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया