Nepal Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नाफासँगै प्रतिसेयर आम्दानी बढाउन सफल, खुद बीमा शूल्क आर्जनमा पनि ७८ प्रतिशतको वृद्धि

NMB Bank
  • BFIS News
  • 2024 Aug 14 09:32
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नाफासँगै प्रतिसेयर आम्दानी बढाउन सफल, खुद बीमा शूल्क आर्जनमा पनि ७८ प्रतिशतको वृद्धि
United Ajod

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपिएस बढेको छ।

Shikhar
Nepal Life
NIMB

समीक्षा अवधिमा कम्पनीको मुनाफा ८० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ६९ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसाबाट बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ।

कम्पनीले गत आवमा चार अर्ब ११ करोड ७८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा दुई अर्ब ९४ करोड नौ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ४० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले यस अवधिमा खुद बीमा शूल्क आर्जन ७८.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ११ करोड ६३ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गत आवमा एक अर्ब ९८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले २ अर्ब १४ करोड ३३ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको छ।

दुई अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार २ प्रतिशतले बढेर चार अर्ब ८६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया