Nepal Life

नेको इन्स्योरेन्सको नाफामा सामान्य गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Aug 14 09:36
नेको इन्स्योरेन्सको नाफामा सामान्य गिरावट
United Ajod

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९६ पैसा घटेर ३४ रुपैयाँ ७ पैसामा झरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.५३ गुणा रहेको छ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.३३ प्रतिशत र कुल आम्दानी ३.९० प्रतिशत घटेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.३२ प्रतिशत घटेको छ भने कुल खर्च ५.५३ प्रतिशत घटेको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया