Nepal Life

मंगलबारको 'करेक्सन' पछि दोहोरो अंकले बढ्यो नेप्से, वित्तमा झुम्मिए लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2024 Aug 14 15:45
मंगलबारको 'करेक्सन' पछि दोहोरो अंकले बढ्यो नेप्से, वित्तमा झुम्मिए लगानीकर्ता
United Ajod

काठमाडौं । मंगलबारको 'करेक्सन' पछि आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार २१ अर्ब ५१ करोडको सेयर कारोबार भएकोमा बुधबार २३ अर्ब ४३ करोडको कारेबार भएको छ। मंगलबारको तुलनामा आज कारोबार रकममा १ अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो।

यसदिन ३३२ वटा धितोपत्रको पाँच करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर किनबेच भएको हो। बुधबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।  आइसिइफसी फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमी लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्गवा हाइड्रो र अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, मन्दाकिनी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७२ रूपैयाँमा झरेको छ।

बिन्ध्यवासिनी हाइड्रोपावरको मूल्य ८.४१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५९ रूपैयाँ ९० पौसा कायम भएको छ।

बुधबार हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १९ रूपैयाँमा ८६ करोड ५८ लाखको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। आज वित्त समूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशतले बढेको छ भने  दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.०७ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया