Nepal Life

सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि, ओपनिङ रेञ्ज १ हजार ५७ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Aug 18 08:29
सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि, ओपनिङ रेञ्ज १ हजार ५७ रुपैयाँ
United Ajod

काठमाडौं । मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि हुने भएको छ। कम्पनीको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएसँगै आजदेखि दोस्रो बजार कारोबार सुरु हुन लागेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को साउन ३१ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो।  

सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १ हजार ५७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएमपिडिए’ संकेत प्रदान गरेको छ।

साविकका साधना लघुवित्त र सबैको लघुवित्त १:१ अनुपातमा मर्ज भएका थिए।

मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको हो। नेप्सेमा कम्पनीको कुल ७० लाख ८ हजार ५८३.४५ कित्ता सेयर सूचीकृत छ।  

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया