Nepal Life

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकममा भारी गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Aug 21 15:46
नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकममा भारी गिरावट
United Ajod

काठमाडौं । नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भएको छ। आज नेप्से २.११ अंकले बढेर २९६८.४४ विन्दुमा बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

Shikhar
Nepal Life
NIMB

आइतबार २८ अर्ब ८३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १८ अर्ब ९० करोडको सेयर कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा ९ अर्ब ९३ करोड रूपैयाँ कमी आएको हो।

यसदिन ३३७ वटा धितोपत्रको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटाको घटेको छ। यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, कर्णाली डेभलपमेन्टको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७२० रूपैयाँमा झरेको छ।

आज हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९८० रूपैयाँमा ६६ करोड ०२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.३० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६३ रूपैयाँमा ४५ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया