Nepal Life

नेशनल लाइफको बार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

NMB Bank
  • BFIS News
  • 2024 Aug 23 13:19
नेशनल लाइफको बार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित
United Ajod

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा सम्पन्न भएको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो ।

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित भएको छ।

साथै आर्थिक वर्ष (आ.व) २०७९।८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ। आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्तावद्धारा पारित गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया