Nepal Life

नेपाल लाईफ तुलसीपुर शाखाद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Sep 01 04:47
नेपाल लाईफ तुलसीपुर शाखाद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । नेपाल लाईफ तुलसीपुर शाखाले आउदै गरेको हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्व  हरितालिका तिजको अवसरमा शाखामा आबद्ध अभिकर्ताहरू माझ  होटेल मट्का घर दोघरेमा तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
Nepal Life
NIMB

शाखामा आवद्ध अभिकहरु  सबै माझ सास्कृतिक रमझम संगै  आपसमा निकटका ल्याउन तथा एक अर्कामा पारस्परिक  एकताको सन्देश दिदै टिम वोर्कको बिकाश गर्नु यस कार्यक्रमको उद्देश्य रहेको शाखाका प्रमुख वसन्त प्रसाद पोख्रेलले बताए। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -७ का अध्यक्ष रामबहादुर जि सी को प्रमुख आतिथ्यता रहेकोे उक्त कार्यक्रममा साठी जना भन्दा बढी अभिकर्ताहरु, एजेन्सी म्यानेजर तथा ब्यवसाय संयोजकहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित सबैले तीजको विभिन्न गीतहरुमा धेरैबेर रमाइलो संग छम छमी नाच्दै तीजको दर खादै एक अर्कोमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा उपस्थित  एजेन्सी म्यानेजर क्षेत्र देबकोटाले शाखाले समय समयमा यस्ता सामुहिक क्रियाकलाप गर्दै आयको र यस्ता कार्यक्रमहरुले अभिकर्ताहरु माझ उत्साह थप्ने र आफ्नो पेशागत हितलाई जिवन्त राख्ने बताउदै शाखालाइ धन्यवाद दिए । अर्का एक जना एजेन्सी म्यानेजर एवम एम.डी. आर. टी. कविता डाङीले सबैमा तीजको शुभकामना दिदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा गरिन ।

शाखा कार्यालय तुलसीपुर र पेशागत बिमा अभिकर्ता संघ नेपाल लाईफ  इन्स्योरेन्स  बिमक समिती शाखा तुलसीपुरको संयुक्त आयोजनामा आयोजित कार्यक्रमको सहजीकरण कार्यालयका कर्मचारी किशोर अर्यालले गरेका थिय भने अभिकर्ता संघ तुलसीपुरका अध्यक्ष गणेश कुमार आचार्य एवम सचिब ज्ञानेन्द्र बिष्ट लगायत केन्द्रिय सदस्य रामबहादुर ओलिले आ आफ्नो धारणा राखेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया