Nepal Life

लगातार घटिरहेको सेयर बजारमा १२७ अंकको उछाल, कारोबार रकमसमेत बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Sep 02 15:34
लगातार घटिरहेको सेयर बजारमा १२७ अंकको उछाल, कारोबार रकमसमेत बढ्यो
United Ajod

काठमाडौं । लगातार घटिरहेको सेयर बजार आज १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ। नेप्सेमा ४.७२ प्रतिशतको वृद्धि भएको हो।

Shikhar
Nepal Life
NIMB

बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.७७ प्रतिशतले बढेर ५०३.८३ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ। कारोबार रकम २४ प्रतिशतले बढेको हो।

आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ।

आज सात कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माई हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको हो।

यस्तै, लक्ष्मी उन्नति कोषको मूल्य सर्वाधिक ४.७१ प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ ३१ पैसामा झरेको छ। माइखोला हाइड्रोपावरको मूल्य ३.५९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ५९० रूपैयाँ कायम भएको छ।

आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३३० रूपैयाँमा ४६ करोड ५२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८.१३ प्रतिशत बढेको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया