Nepal Life

नेप्सेमा सामान्य अंकको वृद्धि, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

NMB Bank
  • BFIS News
  • 2024 Sep 03 15:54
नेप्सेमा सामान्य अंकको वृद्धि, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण
United Ajod

काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ। तीव्र उतारचढावकाबीच यसदिन नेप्से ६.९४ अंकले बढेर २८३०.२० विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

आज कारोबार रकम पनि केही बढेको छ। सोमबार १३ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १३ अर्ब ५७ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ अर्ब रूपैयाँ वृद्धि भएको हो।

यसदिन ३२८ वटा धितोपत्रको तीन करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भएको हो। आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सात कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।

यस्तै, हिमालयन पावर पार्टनरको मूल्य सर्वाधिक ८.८६ प्रतिशतले घटेको छ। दोल्ती पावरको मूल्य ८.४७ प्रतिशतले घटेको छ।

आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २७० रूपैयाँ ५० पैसामा ३४ करोड ७२ लाखको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया