Nepal Life

नेपाल इन्स्योरेन्सको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 04 08:03
नेपाल इन्स्योरेन्सको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । नेपाल इन्स्योरेन्सको संस्थापक समूहतर्फको सेयर लिलामीमा राखिएको छ। कम्पनीको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो।

Shikhar
Nepal Life
NIMB

संस्थापक समूहको सेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न कम्पनीको सञ्चालक समितिको निर्णयबाट स्वीकृति प्राप्त भए बमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाहरुले असोज २ गते दिउँसो ३ बजेभित्र लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआइएमबीएस क्यापिटलमा आइपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया