Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने

NMB Bank
  • BFIS News
  • 2024 Sep 09 11:07
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने
United Ajod

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा आगामी असोज २३ गतेका लागि बोलाएको हो।  

उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

Shikhar
Nepal Life
NIMB

यस्तै सभामा छैठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस सेयर वितरणपश्चात कायम हुन आउने चुक्तापूँजीको ७ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ।  

सभामा बोनश सेयर तथा हकप्रद सेयर जारीपश्चात हुन आउने ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार रुपैयाँबराबर चुक्तापूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत खर्च अनुमोदन गरिनेछ।  

यसैगरी सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को २०८० असार २८ सम्मको तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चाकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया