Nepal Life

अब सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टिएमएस’ चलाउन नपाइने

NMB Bank
  • BFIS News
  • 2024 Sep 10 16:31
अब सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टिएमएस’ चलाउन नपाइने
United Ajod

काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टिएमएस’ नचलाउने व्यवस्था गर्दै छ। अबदेखि देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्न पाइने छैन।

Shikhar
Nepal Life
NIMB

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टिएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ। त्यस्तै सबै स्थानीय तहमा पनि टिएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ।

सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टिएमएस नचल्ने बनाउन निर्देशन दिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया