Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 13 09:08
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

 काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।  

आवेदन पेश गर्दा न्यूनतम २ लाख कित्ता वा सो भन्दा बढी प्रति कित्ता न्यूनतम २०३ रुपैयाँमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ।निर्धारित समयभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया