Nepal Life

नेप्सेमा सामान्य अंकको गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

NMB Bank
  • BFIS News
  • 2024 Sep 18 15:54
नेप्सेमा सामान्य अंकको गिरावट, ५ अर्ब ६६ करोडको कारोबार
United Ajod

काठमाडौं। यस साताको कारोबारको अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ। आज नेप्से ४ अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेको छ। आज कारोबार रकम पनि घटेको छ।

सोमबार सात अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा आज पाँच अर्ब ६६ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७० करोड रूपैयाँ कमी आएको हो।

Shikhar
Nepal Life
NIMB

आज ३२० वटा धितोपत्रको एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच भएको हो। बुधबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १२४ रूपैयाँ कायम भएको छ। यसैगरी, स्वरोजगार लघुवित्तको मूल्य ७.९२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९० रूपैयाँ पुगेको छ।

जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ७.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५६५ रूपैयाँमा झरेको छ। गुडविल फाइनान्सको मूल्य ६.७७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८८१ रूपैयाँ कायम भएको छ।

बुधबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९९९ रूपैयाँमा २० करोड ५८ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.४६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३६५ रूपैयाँ ९० पैसामा १६ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र निर्जीवन बीमा समूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले घटेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक १.०७ प्रतिशतले घटेको छ।

अब सेयर बजार आइतबार मात्रै खुल्ने भएको छ। बिहीबार संविधान दिवसको सार्वजनिक बिदा रहेका कारण बजार बन्द रहने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया